थप ४२५ जनामा कोरोना संक्रमण, जम्मा संक्रमित ५,७६०, संक्रमणबाट मृत्यु १९ पुग्यो

अर्थ राजनीति ~  नेपालमा थप ४२५ जना सङ्क्रमित भएका छन् । पुरूष ३७५  र महिला ५०  जना सङ्क्रमित भएका हुन् । योसँगै सङ्क्रमितको सङ्ख्या पाँच हजार ७६० पुगेको आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभएको हो । ६ जना डिस्चार्ज आइतबार ६ जना डिस्चार्ज भएकाले हालसम्म ९७४ जना […]

संविधान संशोधन विधेयक आज पारित हुँदै

अर्थ राजनीति ~  नेपालको संविधान दोस्रो संशोधन विधेयक शनिबार प्रतिनिधि सभाबाट पारित हुने भएको छ । जेठ १८ गते प्रस्तुत विधेयकमा शुक्रबारसम्म संशोधन दर्ताको समय थियो । संशोधनको अवधि सकिएसँगै पारितको प्रक्रिया अघि बढाइएको हो । सङ्घीय संसद् सचिवालयले शनिबार १ बजे बस्ने बैठकमा विधेयकको दफावार छलफल र पारित प्रतिनिधि सभामा नै गर्ने गरी सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको […]

सवारीमा जोर बिजोर, पसल व्यवसाय खुला, कार्यालय दुई शिफ्टमा

अर्थ राजनीति ~ सरकारले कोभिड–१९ को सङ्क्रमण रोक्न झण्डै ८० दिनदेखि लागू गरेको बन्दाबन्दीको आदेशलाई केही खुकुलो बनाएको छ । लामो समयदेखि कायम रहेको बन्दाबन्दीका कारण आर्थिक क्रियाकलापसँगै सर्वसाधारणको जनजीवनमा नै असर परेकाले त्यसलाई सामान्य बनाउन बन्दाबन्दीलाई केही खुकुलो बनाइएको हो । कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी कतिपय सेवामा लगाइएको प्रतिबन्धलाई अझै कायमै राखिएको छ । […]

२५० जना नयाँ संक्रमित थपिए, कुल संख्या चार हजार ६२२ पुग्यो

अर्थ राजनीति ~ नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या चार हजार ६२२ पुगेको छ । पछिल्लो २४ घन्टाको अवधिमा २५० जना नयाँ संक्रमित थपिएका जनाइएको छ । योसँगै कुल संक्रमितको संख्या ४६ सय २२ पुगेको बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा जानकारी दिइएको हो । नयाँ संक्रमितमा २० जना महिला हुन् । नेपालमा अहिलेसम्म कोरोनाबाट […]

सरकारविरुद्ध प्रदर्शन : लकडाउन घोषणा गरेयता यति धेरै संख्यामा मानिस जुटेर प्रदर्शन गरिएको यो पहिलो पटक हो(भिडियो)

अर्थ राजनीति ~ सरकारविरुद्ध प्रदर्शनमा जुटेकाहरुमाथि प्रहरीले धरपकड, लाठी प्रहार, अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको छ । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) तथा कोरोना महामारीमा सरकार कमजोर भूमिका बारेमा विरोध जनाउन काठमाडौंमा जुटेका युवाहरुमाथि प्रहरी जाइलागेको हो । बालुवाटार र नक्साल क्षेत्रमा बिहीबार भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप […]

लकडाउन खुकुलो, ‘के, कसरि र कहिले सम्म’ हेरौ बृस्तृत मा !

अर्थ राजनीति ~ सरकारले हाल जारी लकडाउनको मोडालिटीमा केही परिवर्तन गरी पसलहरु खुला गर्ने तथा निजी सवारी साधन र टयाक्सीलाई जोर विजोरका आधारमा चलाउन दिने भएको छ । सवारी साधनको पछाडिको अंक जोर भएकाले जोर गते र विजोर गतेका दिन चलाउन पाउने उर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनले बताउनुभयाे । उहाँका अनुसार कोरोना संक्रमण नियन्त्रण तथा व्यबस्थापन सम्बन्धी […]

सांसदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले आज दिदै

अर्थ राजनीति ~ आज पनि बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विनियोजन विधेयक अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गत विनियोजन भएका कार्यक्रमका बारेमा जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । यसअघि हिजो र सोमबार पनि मन्त्रिहरुले आ आफ्ना मन्त्रालय […]

३२३ जनामा कोरोना, संक्रमितको संख्या चार हजार नाघ्यो, ५८४ जना निको हुँदा १५ जनाको मृत्यु

अर्थ राजनीति ~ नेपालमा कोरोना भाइरसबाट थप ३२३ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको कुल सङ्ख्या चार हजार ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो । त्यसैगरी, थप ९६ जना डिस्चार्ज हुनुभएकाे छ । कुल डिस्चार्ज हुनेको सङ्ख्या ५८४ पुगेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट १५ […]

कोरोनाको पीसीआर टेस्ट बढाउन माग गर्नेमाथि पानीको फोहरा

अर्थ राजनीति ~ कोरोना महामारीका बेला सरकारको भूमिका कमजोर बनेको भन्दै युवाहरुको एक समूहले मंगलबार बालुवाटारमा धर्ना दिएको छ । सामाजिक सञ्जालमार्फत् जुटेका उनीहरुले सरकार सुतेर बसेकोले बिउँझाउन प्रधानमन्त्री निवासअगाडि धर्ना दिएको बताएका छन् । सामाजिक दूरी कायम गरी शान्तिपूर्णरुपमा भएको धर्नामा प्रहरीले हस्तक्षेप गरेपछि झडप हुँदा केही व्यक्ति घाइते भएका छन् । २५ जनाभन्दा […]

चितवनमा आज थप एकजना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १५ पुग्यो

अर्थ राजनीति ~  भरतपुर अस्पतालको आईसीयूमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका एक संक्रमितको मंगलबार विहान ७ बजेर ६ मिनेट जाँदा मृत्यु अस्पतालले जनाएको छ । उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ । शवको व्यवस्थापन कसरी गर्ने भन्ने निर्णय गर्न बाँकी नै रहेकोले […]