ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएपछि बग्गीखाना सिल, एसएसपीसहित ३७५ जना क्वारेन्टिनमा

अर्थ राजनीति ~  महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका दुई जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भए पछि अहिले त्यहाँ सर्वसाधारणलाई आउजाउ गर्न रोक लगाइएको छ । सो महाशाखाका प्रवक्ता एसपी बामदेव गौतमले भन्नुभया,े सिल भन्ने कि के भन्ने भन्दा पनि संक्रमण नसरोस भनेर सर्वसाधारणलाई आउजाउमा बन्देज लगाइएको छ । अहिले रामशाहपथ स्थित व्यारेकमा अढाई सय जति […]

कोरोनाका कारण बाँकेमा पुनः निषेधाज्ञा जारी

अर्थ राजनीति ~  कोरोनाको जोखिम बढेपछि बाँकेमा स्थानीय प्रशासनले आजदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ । नेपालगञ्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकै दिन ३० जनामा सङ्क्रमण देखिएपछि कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । कोरोनाको जोखिम हुन नदिन तीन दिन निषेधाज्ञा जारी गरिएको […]

बाढी पहिरोको बितण्डा: गुल्मीमा एकै परिवारका ४ जनाको मृत्यु

अर्थ राजनीति ~  घटना शुक्रबार राति करिब साढे सात बजेको हो ।अविरल वर्षासँगै घरमाथि ढुंगा खस्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ । उनीहरुको पाँच जनाको परिवार रहेकोमा एक जना भने रोजगारीको सिलसिलामा भारतमा रहेको बताइएको छ । घटनास्थल जिल्ला सदरमुकाम तम्घासबाट पूर्वतर्फ करिव ४० किलोमिटर टाढा पर्दछ । घटना शुक्रबार राति करिब साढे […]

आइतबारदेखि बारामा स्थान तोकेरअनिश्चितकालका लागि कर्फ्यू

अर्थ राजनीति ~  जिल्ला प्रशासन कार्यालय बाराले भोलि(आइतबार)देखि लागू हुने गरी स्थान तोकेर अनिश्चितकालका लागि निषेधाज्ञा(कर्फयू) जारी गरेको छ । आइतबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । बारामा दैनीक संंक्रमीतको संख्या बढदै जादा नागरीक स्तरबाट समेत आवाज उठ्न थाले पछि जिल्ला प्रशासन कार्यालय बाराले भोलिदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी […]

विराटनगरमा शनिबार देखि दुई हप्ता लकडाउन

विराटनगर महानगरपालिकामा शुक्रबार राति १२ बजेबाट लागू हुने गरी दुई हप्ता लकडाउन गर्ने घोषणा गरेको छ । प्रदेश १ का सामाजिक विकास मन्त्रालयले स्थानीय तहहरुलाई आवश्यकता अनुसार लकडाउन गर्ने निर्णय शुक्रबार गरेपछि महानगरले घोषणा गरेको हो । महानगरमा शुक्रबार १० जना संक्रमित थपिएका छन् । महानगरमा हालसम्ममा संक्रमित भएका १ सय ५ जनामध्ये ५३ जनाको कुनै […]

उपत्यकामा संक्रमित थपिने क्रम तिब्र, पछिल्लो चौबीस घण्टामा ३८ जना सङ्क्रमित थपिए

अर्थ राजनीति ~   काठमाडाैँ उपत्यकामा पछिल्लो चौबीस घण्टामा ३८ जना नयाँ काेराेना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडाैँ उपत्यकाको काठमाडाैँ, ललितपुर र भक्तपुर गरी तीन जिल्लामा ३८ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । काठमाडाैँमा कोरोना सङ्क्रमितको सङ्ख्यामा निरन्तर वृद्धि हुँदै गएपछि गृह मन्त्रालयले साँझ ७ बजेदेखि बिहान […]

थप २२४ सङ्क्रमित पुष्टि, कुल १९ हजार ७७१

अर्थ राजनीति ~  कोरोनाभाइरसका २२४ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको कुल सङ्ख्या १९ हजार ७७१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा हाल पाँच हजार ३१६ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दश हजार ७६८ जनाको स्वाब सङ्कलन […]

उपत्यका प्रवेशमा कडाइ, अतिआवश्यक सेवा बाहेक अन्य आवतवाजत बन्द

अर्थ राजनीति ~ गृहमन्त्रलयले साँझ ७ बजेदेखि भोलिपल्ट विहान ७ बजेसम्म काठमाण्डौ उपत्यकाका नाकामा प्रवेश गर्न रोक लगाएको छ । बिहीबार विज्ञप्ती जारी गर्दै मन्त्रालयले रातको समय काठमाण्डौ उपत्यका प्रवेशमा रोक लगाएको हो । मन्त्रालयले उपत्यका भित्रिने धेरै यात्रुमा कोरोना संक्रमण देखिएको भन्दै यो निर्णय गरेको हो । यो निर्णय (साउन १५) देखि नै लागू […]

पर्सामा जगदम्बा इन्टरप्राइजेजका सीईओसहित तीन सङ्क्रमितको मृत्यु

अर्थ राजनीति ~  पर्सामा बिहीबार जगदम्बा इन्टरप्राईजेजका मुख्य कार्यकारी अधिकृत (सीईओ) सहित तीन जना काेराेना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमित जगदम्बा इन्टरप्राईजेजका ५६ वर्षीय सीईओको नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो । गण्डक अस्थायी कोभिड अस्पतालमा शङ्कास्पद कोरोना सङ्क्रमितको रुपमा साउन १३ गतेदेखि उपचार गराइरहनुभएका […]

कोरोना कहर: ६ लाख ७० हजारको मृत्यु, करिब एक करोड ७१ लाख संक्रमित

अर्थ राजनीति ~ विश्वभर कोरोना भाइरसको संक्रमित संख्या एक करोड ७१ लाख पुगेको छ । पछिल्लो तथ्यांक अनुसार ६ लाख ७० हजारको संक्रमणबाट मृत्यु भइसकेको छ । सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । त्यहाँ ४५ लाख ६८ हजार संक्रमित संख्या पुगेको छ जसमध्ये एक लाख ५३ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा २५ लाख ५५ […]