विराटनगरमा शनिबार देखि दुई हप्ता लकडाउन

Machchapuchchre

विराटनगर महानगरपालिकामा शुक्रबार राति १२ बजेबाट लागू हुने गरी दुई हप्ता लकडाउन गर्ने घोषणा गरेको छ । प्रदेश १ का सामाजिक विकास मन्त्रालयले स्थानीय तहहरुलाई आवश्यकता अनुसार लकडाउन गर्ने निर्णय शुक्रबार गरेपछि महानगरले घोषणा गरेको हो ।

महानगरमा शुक्रबार १० जना संक्रमित थपिएका छन् । महानगरमा हालसम्ममा संक्रमित भएका १ सय ५ जनामध्ये ५३ जनाको कुनै किसिमको ‘ट्राभल हिस्ट्री’ नभएको महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए ।

अहिले दैनिक एक सय बढी जनाको स्वाब संकलन गर्ने लक्ष्यका साथ अघि बढिरहेको र यसलाई दैनिक ५ सयमा पुर्‍याउन प्रदेश सरकारलाई आग्रह गरेको उनले सुनाए ।

ट्राभल हिस्ट्री नभएका व्यक्तिहरु संक्रमित हुन थालेपछि समुदायमै कोरोना फैलिएको महानगरले निष्कर्षसहित अत्यावश्यक सेवा बाहेकका सबै सेवा ठप्प गरेको छ । कोसी अस्पतालमा हालसम्ममा एक चिकित्सक र एक स्वास्थ्यकर्मी र दुई नर्समा संक्रमण पुष्टि भएपछि बिहीबारदेखि ओपिडि सेवा बन्द गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्