उर्जामन्त्री पुन र मुख्यमन्त्री शाही सहभागी कार्यक्रममा २ वटा बम बिष्फोट

कालिकोट । कालिकोटमा लगातार दुइ वटा शक्तिशाली बम बिष्फोट भएका छन् । कालिकोटकाे शान्तीघाटमा फुकोड कर्णाली हाइड्राेको अनुगमनका लागि आएका उर्जामन्त्री बर्षमान पुन र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित गरी बम विष्फोट गराइएको जनाइएको छ । यो समाचार तयारपार्दासम्म बिस्फोटको जिम्मा कसैले नलिएको भएपनि विप्लप नेतृत्वको नेकपाका कार्यकर्ताले चेतावनी स्वरुप बिस्फोट गराएको […]

महोत्तरीका चार पद चार दलका पोल्टामा, हेर्नुहोस् बिस्तृतमा

महोत्तरी । महोत्तरी जिल्लामा चार वटा विभिन्न पद चारै दलका पोल्टामा परेका छन् । उपनिर्वाचनमा जिल्लाको एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी एक एक पदमा निर्वाचित भएका छन् । पिपरा गाउँपालिकाका अध्यक्षमा (नेकपा) का विक्रम चौधरी तीन हजार […]

५२ मध्ये ५० स्थानको नतिजा सार्वजनिक, कसले कति सिट हात पारे ? यस्तो छ ताजा अपडेट

काठमाडौं । देशभरका ५२ स्थानमा भएको उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर र धरानकै वडा नम्बर ७ को वडाध्यक्ष बाहेक अन्य ५० स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ । एकमात्र प्रतिनिधिसभा कास्की क्षेत्रनम्बर २ सहित २९ स्थानमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार बिजयी भएका छन् । नेकपाले उपचुनावबाट यसअघि हारेका ३ गाउँपालिका थप्दा यसअघि जितेको एक प्रदेशसभा गुमाएको […]

कैलालीमा २६ लाख भारतीय रुपियाँसहित तीनजना पक्राउ

धनगढी । कैलाली प्रहरीले २६ लाख भारतीय रुपियाँसहित तीनजना पक्राउ गरेको छ । भारतीय रुपियाँसहित पक्राउ परेका उनीहरूलाई आइतबार सरकारी वकील कार्यालय धनगढीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ पर्नेमा कैलाली भजनी नगरपालिका ८ का एकेन्द्र भण्डारी, बर्दगोरिया गाउँपालिका ४ की शर्मिला खड्का र बसन्ती पोखरेल जैशी रहेको कैलाली प्रबक्ता डीएसपी दक्षकुमार […]

आईसीयू मै हिँड्न थाले प्रधानमन्त्री : आइप्याडमै हेरे सागको प्रत्यक्ष प्रशारण

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सुधार आएपछि ठोस पदार्थ पनि खुवाउन थालिएको छ। सघन उपचार कक्षमा उपचाररत प्रधानमन्त्री ओली शल्यक्रियाको एक साता पुग्दा सामान्य हिँडडुल गर्न थालेका छन्। आइतबार साँझ दशरथ रंगशालामा भव्य रुपमा उद्घाटन भएको १३ औं दक्षिण एसियाली खेलकुदको उद्घाटन समारोहको लाइभ आइप्याडमा हेरेका छन्। ‘सम्माननीय प्रधानमन्त्रीज्यूले सागको शुभारम्भ आईसीयू मा रहेर […]

दाङको प्रदेशसभा सदस्यमा नेकपाकी विमला खत्री विजयी

घोराही । दाङ क्षेत्रनम्बर ३ (ख) बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विमला खत्री प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशव आचार्यलाई ५ हजार बढी मत अन्तरले हराएकी हुन् । ओलीले प्रदेशसभा २४ हजार २ सय ८६ मत ल्याइन् । कांग्रेस उम्मेदवार आचार्यले १९ हजार १ सय ८२ मत पाएका छन् […]

प्रदेशसभा उपनिर्वाचन– वागलुङमा वाम गठवन्धनका उम्मेदवार विजयी

काठमाडौं । प्रदेशसभा अन्तर्गत बागलुङ २ को ‘ख’ मा वाम गठवन्धनका उम्मेदवार विजयी भएका छन् । बाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका खिम विक्रम शाही ११ हजार २ सय ३५ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जीत शेरचनले ९ हजार १ सय ३८ मत पाए । ९ हजार ३ सय ३८ कुल मत खसेकोमा […]

मतगणना अपडेट– अधिकांश स्थानको नतिजा सार्वजनिक, कहाँ कसले जिते ?

काठमाडौं । शनिवार सम्पन्न उपनिर्वाचनाको मत गणना अन्तिम चरणमा पुगेको छ । ३७ जिल्लाका ५२ रिक्त पदका लागि भएको मतदानको अन्तिम परिणाम सार्वजनिक भइरहँदा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले अग्रस्थान बनाएको छ भने दोस्रो स्थानमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रहेको छ । पछिल्लो मत परिणाम अनुसार प्रतिनिधिसभा अन्तर्गत कास्की क्षेत्र नम्बर दुईमा भएको […]

बलात्कार आरोपी सिद्धबाबा अस्पतालको आईसीयूबाटै पक्राउ

काठमाडौं । बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरी उपचाररत अस्पतालको आईसीयूबाटै पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, सुनसरीको टोलीले सोमबार बिहान ४ बजे विराट नर्सिङहोमबाटै उनलाई पक्राउ गरेको हो । डीएसपी विनोद शर्माले पक्राउ गर्दा अनुयायीले अवरोध गर्नसक्ने भएकाले बिहानै आईसीयूबाटै नियन्त्रणमा लिएर सुनसरी लगिएको बताए । बलात्कार आरोपी सिद्धबाबालाई प्रहरीले आइतबार नै नियन्त्रणमा लिन खोजेको […]

नेकपाका ६० नेता/कार्यकर्ताको टोली लिएर प्रचण्ड चीन जाने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ६० नेता/कार्यकर्ताको टोली लिएर उत्तरी छिमेकी मुलुक चीन जाने भएका छन्। चिनियाँ कम्युनिष्ट पार्टीको स्कुल विभागले गरेको निमन्त्रणामा उनीहरू डिसेम्बर १० मा चीन जान लागेको नेकपाका स्कुल विभाग उपप्रमुख वेदुराम भुषालले जानकारी दिए। यो भ्रमण १० दिनको हुनेछ। प्रचण्ड दश दिननै चीन भ्रमणमा बस्ने छन् वा बीचमा […]