सरकारले सपना बाँड्ने तर काम नगर्ने प्रवृतिलाई प्रोत्साहन गर्यो – अर्जुन नरसिंह केसी

काठमाडौं । कांग्रेसका नेता अर्जुन नरसिंह केसीले सरकारले सपना बाँड्ने तर काम नगर्ने प्रवृतिलाई प्रोत्साहन गरेको आरोप लगाएका छन् । नेता केसीले सरकारले भ्रष्टाचारलाई पनि बढ्वा दिएको बताए । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आग्रह पूर्वाग्रहलाई प्रोत्साहन दिएकाले ३३ केजी सुन काण्ड, वाइडबडीमा अनियमितता, एनसेल काण्ड, नेपाल टेलिकमको फोरजीमा भएको अनियमितता तथा वालुवाटार […]

कर्मचारीलाई निर्देशन दिदै मन्त्री अर्यालले भनिन् – मुन्द्रेसँग नडराउनुस्, ‘गैँडा’मा नलोभिनुस् !

कास्की । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नापी र मालपोतका कर्मचारीलाई मुन्द्रेहरूसँग नडराउन र अनावश्यक प्रलोभनमा नपर्न निर्देशन दिएकी छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभागले शनिबार पोखरामा गरेको ‘आर्थिक वर्ष २०७५/७६ को वार्षीक प्रगति समीक्षा गोष्ठी’मा अर्यालले प्रलोभनमा नपरी जिम्मेवारी अनुसार काम […]

पार्टीभित्र बसेर चुनाव हराउन भूमिका खेल्नेलाई कारबाही गर्छु – देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र बसेर चुनाव हराउन भूमिका खेल्नेलाई कारबाही गर्ने बताएका छन्। मंसिर १४ मा भएको उपनिर्वाचनबारे समीक्षा गर्न मंसिर २६ गते केन्द्रीय समिति बैठक डाकिएको उल्लेख गर्दै देउवाले अन्तरघात निर्मूल पार्ने बताए। कांग्रेस रूपन्देही सिद्धार्थनगर समितिको दोस्रो नगर भेला उद्घाटन गर्दै शनिबार देउवाले भने, ‘पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने, […]

भारतले ओलीपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने तयारी गरेको छ – बिजुक्छे

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ओलीपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । भारतले ओलीपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने तयारीमा जुटेको समेत उनले दाबी गरे। यसको लागि प्रचण्डले पनि लिम्पियाधुरा तथा कालापानी क्षेत्रमा भारतले गरेको अतिक्रमणलाई अन्तर्राष्ट्रियकरण गर्न हुन्न भनेर ‘प्रभु भक्ति’ गरिसकेको अध्यक्ष बिजुक्छेको तके छ। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित […]

भारतमा रहेका आफ्ना महिला नागरिकलाई सावधानी अपनाउन अमेरिका र बेलायतकाे सुझाव

अमेरिका र बेलायतले भारतमा रहेका आफ्ना महिला नागरिकलाई सावधानी अपनाउन सुझाव दिएको छ । पछिल्लो समय भारत महिलाका लागि असुरक्षित बन्दै गएको भन्दै अमेरिका र बेलायत सरकारले भारतमा बसोबास गर्ने वा भारत भ्रमणमा रहेका आफ्ना महिला नागरिकका लागि ‘ट्राभल एड्भाइजरी’ जारी गरेका हुन् । उनीहरुले आफ्ना देशका नागरिकलाई भारतमा बलात्कार तथा यौन उत्पीडनका घटना बढिरहेकोतर्फ सचेत […]

एनआईसी एसिया बैंकको थप शाखारहित बैंकिङ्ग सेवा नवलपरासीको रानीनगरमा सुरु

काठमाडौं । एनआईसी एशिया बैंकले ग्रामीण तथा दुर्गम क्षेत्रहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नं.७, रानीनगरमा आफ्नो ४४औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको रानीनगर शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन विनयी त्रिवेणी गाउँपालिका […]

एनआईसी एसिया बैंक र अजोड इन्स्योरेन्सबीच सेवा प्रदान गर्ने सम्झौता !

काठमाडौँ । एनआईसी एसिया बैंक र अजोड इन्स्योरेन्सबीच सहकार्य गर्दै अनलाईन भुक्तानी सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै एनआईसी एसिया बैंकबाट अजोड इन्स्योरेन्सका सम्पूर्ण ग्राहकहरुले बीमा सम्वन्धी सम्पूर्ण […]

नबिल बैंक र नेपाल हस्तकला महासंघबीच भयो यस्तो सम्झौता

काठमाडौं । नबिल बैंक र नेपाल हस्तकला महासंघबीच सम्झौता भएको छ । सो हस्तकला फेयरको उद्घाटन नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यले गरेका हुन् । हस्तकला क्षेत्रको संक्षरण र उन्नतिको लागि नबिल बैंक सधैं तत्पर रहने र हस्तकला क्षेत्रकाे उत्थानका लागि नेपाल हस्तकला महासंघसग सहकार्य […]

वाशिंगटनस्थित भारतीय दूतावासमा एनआरएनले बुझायो विरोध पत्र

वाशिंगटन । अमेरिकाको राजधानी वाशिंगटन डिसीस्थित भारतीय राजदूतावासमा नेपालको भूमि अतिक्रमणविरुद्ध विरोध पत्र पेश भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले विरोध पत्र पेश गरेको हो । भारतीय सरकारले हालै प्रकाशित गरेको नक्शामा नेपालका भूभागहरु कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्रहरु गलत तरिकाले नक्शाभित्र पारिएकाले विरोध पत्र पेश गरिएको एनआरएनए अमेरिकाले जनाएको छ । विरोधपत्र […]

पेन्सन सुधारको विरोधमा फ्रान्समा हड्ताल, देशभरको जनजीवन प्रभावित

काठमाडौं । फ्रान्समा पेन्सन सुधारको विरोधमा भएको देशव्यापी हडतालले जनजीवन प्रभावित भएको छ । स्कुल, सरकारी कार्यालयको काम प्रभावित भएको छ भने यातायात सेवा लगभग ठप्प छ । धेरै ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । राजधानी पेरिसमा हालसम्म ८७ जनालाई हिरासतमा लिइएको छ । फ्रान्समा कामकाजी वर्ग पेन्सन योजनामा प्रस्तावित सुधारबाट रुष्ट छन् । […]