स्थानीय तहका कर्मचारी सरुवामा स्थानीय तहको सहमति लिन नपर्ने व्यवस्थामा सहमति
काठमाडौं । कर्मचारी सरुवा गर्न सम्बन्धित स्थानीय तहको सहमति लिन नपर्ने भएको छ । प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा यस्तो सहमति भएको हो । संघीय निजामती सेवाको गठन, सन्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा कर्मचारी सरुवामा सम्बन्धित स्थानीय तहको सहमति नलिने व्यवस्था गर्ने सहमति जुटेको हो । […]