छाउगोठ हटाउन प्रशासनले दियो उर्दी, अटेरी गरे कारवाही हुने

डोटी । जिल्लामा भएका छाउगोठ हटाउन जिल्ला प्रशासन कार्यालयले उर्दी जारी गरेको छ । महिनावारी भएकी महिलालाई छाउगोठमा राख्नेलाई कारवाही गर्ने भन्दै प्रशासन कार्यालय ले यस्तो उर्दी जारी गरेको हो । जिल्लामा रहेका छाउगोठ हठाउन जिल्लाव्यापी अभियान चलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला सदरमुकाम सिलगढीमा छाउगोठ नभए पनि अधिकांश ग्रामीण क्षेत्रमा अहिले पनि […]

अज्ञात समूहको आक्रमणमा परी यमनमा १७ जना सर्वसाधारणको मृत्यु

काठमाडौं । यमनको उत्तरी क्षेत्रमा अज्ञात समूहले आक्रमण गर्दा कम्तीका १७ जनाको ज्यान गएको छ । यमनको उत्तर क्षेत्रमा अवस्थित गभर्नरको कार्यालय रहेको सादा सहरमा भएको आक्रमणमा कम्तीमा १७ व्यक्तिको ज्यान गएको राष्ट्र संघले जनाएको छ । बिहीबार मृत्यु भएका १७ सर्वसाधारणमध्ये १२ जना इथियोपियाली आप्रबासी रहेका र पाँच जना यमनी नागरिक रहेको बताइएको छ । राष्ट्रसंघले […]

संविधान संशोधन भए राष्ट्रिय जनता पार्टी सरकारमा जाने निश्चित

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल संघीय सरकारमा सहभागी हुने सम्भावना बढेको छ । समाजवादी पार्टी सरकारबाट बाहिरिएर सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै केपी शर्मा ओली नेतृत्वको सरकारले दुई तिहाइ गुमाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले दुई तिहाइ गुमाएलगत्तै राजपालाई सरकारमा ल्याएर गुमेको दुई तिहाइलाई यथावत् राख्ने कोसिस थालेका छन् । सोही कोसिसअनुसार […]

अरु देशको इन्टरनेट पहुँचबाट बाहिरिने तयारीमा रुस, छुट्टै इन्टरेट तयार

एजेन्सी- रुसले आफ्नो देशका लागि चाहिने इन्टरनेट छुट्टै इन्टरेट तयार पारेको छ। रुसको यो तयारीले अब चाँडै रुस अरु देशको इन्टरनेट पहुँचलाई हटाएर आफ्नै देशको इन्टरनेट प्रयोग गर्न सक्नेस्थितिमा पुगेको छ । यस क्रममा सोमबार इन्टरनेट पूर्वाधारहरुमा वाह्य देशबाट साइबर आक्रमण तथा अरू देशको इन्टरनेटविना काम गर्छ या गर्दैन परीक्षण भएको छ । रुसका सह […]

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल तोकियो

काठमाडौं । आगामी माघ ९ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदान स्थल तोकिएको छ । निर्वाचन आयोगले प्रदेश नं १ अन्तर्गत मोरङको विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह मतदानस्थल तोकेको छ । यो केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ९३ र स्थानीय तर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २८४ गरी जम्मा ३६७ जना मतदाता रहेका छन् । आयोगले एक […]

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णय

काठमाडौं । सरकारले २०७६ साल पुस ७ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेको छ । विहीवार सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्ले गरेको १३ निर्णय सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद् बैठकले चालु आवका लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा हुने गरी मूल्य निर्धारण गरेको छ । त्यस्तै शहीद गंगालाल अस्पतालको कार्यकारी निर्देशकमा […]

राजनीतिक तुष्टिकरणका कारण एमसीसी बहस भइरहेको छ – गोकुल बाँस्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले अमेरिकी सहायतासम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारेको बहस राजनीतिक तुष्टिकरणका कारण भइरहेको बताएका छन् । उनले एमसीसी इन्डो प्यासिफिक रणनीतिसँग सम्बन्धित नरहेको स्पष्ट पारे । २०१३ मै एमसीसीको कुरा शुरु भएको र इन्डोप्यासिफिकको कुरा २०१७ बाट आएको उनले बताए । मन्त्रिपरिषद्को बैठक सार्वजनिक […]

कृषि विकास बैंक र राष्ट्रिय कृषक समूहबीच कर्जासम्बन्धी सम्झौता

काठमाडौं – कृषि विकास बैंक र राष्ट्रिय कृषक समूह महासंघ नेपालबीच कर्जा कार्यान्वयन सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेतले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले राष्ट्रिय कृषक समूह महासंघ नेपालसँग गरिएको यस प्रकारको सम्झौताले […]

प्रोग्रेसिभ फाइनान्स लिमिटेडले Junior Trainee Assistant देखि Executive Manager सम्म पदका लागि कर्मचारी माग गरेको छ, यस्तो छ आवश्यक न्युनतम योग्यता र अनुभव (नोटिससहित)

प्रोग्रेसिभ फाइनान्स लिमिटेडले  कर्मचारी माग गरेको छ, 10 plus 2 उतिर्णले समेत आवेदन दिन पाउने | प्रोग्रेसिभ फाइनान्सले Junior Trainee Assistant देखि Executive Manager सम्म पदका लागि कर्मचारी माग गरेको हो | इच्छुक तथा योग्यता पुगेका आवेदकले आवेदन दिन सक्ने फाइनान्सले जनाएको छ |

एनआइसी एसिया बैंकले Assistant manager देखि Senior manager सम्म पदका लागि कर्मचारी माग गरेको छ, यस्तो छ आवश्यक न्युनतम योग्यता र अनुभव (नोटिससहित)

एनआइसी एसिया बैंकले  कर्मचारी माग गरेको छ, बैंकले  Assistant manager देखि Senior manager सम्मका लागि कर्मचारी माग गरेको हो | इच्छुक तथा योग्यता पुगेका आवेदकले आवेदन दिन सक्ने बैंकले जनाएको छ |