अर्थ राजनीति ~ मनकामना क्षेत्र विकास समितिले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मंसिर २८ गते देखि मनकामना मन्दिर र मनकामना केवलकार खोल्ने निर्णय गरेको छ। समितिका अध्यक्ष रामकुमार जोशीको अध्यक्षतामा बसेको बैठकले मन्दिर र केवलकार आइतबारदेखि खोल्ने निर्णय गरेको हो । यो निर्णय कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय गोरखालाई पत्र पठाएको छ । कोरोनाका कारणले मन्दिर नौ महिना देखि बन्द थियो । जिल्लास्थित कोभिड संकट व्यवस्थापन केन्द्रले अनुमति दिएपछि मन्दिर र केवलकार खुला हुनेछ। कोभिड संक्रमणको महामारीलाई ध्यानमा राख्दै कम्पनीले नगदरहित कारोबार सुरु गर्नका लागि इ-सेवा, फोन पे र खल्तीसँग कारोबार गर्ने सम्झौता गरेको जानकारी छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति