अर्थ राजनीति ~ कञ्चनपुरमा नक्कली नोट छाप्ने मेसिनसहित तीन जनालाइ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा डेरा गरी बस्ने रितिका बम, उनका श्रीमान अनुज शर्मा र भगतपुरका दिपक नाथ रहेका छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी अमरबहादुर थापा क्षेत्रीका अनुसार बम र शर्मालाई मेहेन्द्रनगरस्थित बजारमा फेला पारी खनतलासी लिँदा एक हजार दरको दुई वटा नक्कली नोट भेटिएको थियो । त्यसपछि डेरा कोठामा खानतलासी गर्ने क्रममा थप नक्कली नोट, फोटोकपी पेपर, नक्कली नोट बनाउने मेसिन, कैँची लगायतका सामग्री बरामद भएको क्षेत्रीले जानकारी दिए ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति