१० लाख घुससहित इन्जिनियर इश्वरीप्रसाद जैसवाल पक्राउ

Machchapuchchre

अर्थ राजनीति ~ अख्तियारले मकवानपुरको हेटौंडाबाट १० लाख रुपैयाँ घुस रकमसहित एक इन्जिनियरलाई पक्राउ गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले नेपाल विद्युत प्राधिकरण अन्तर्गतको हेटौंडा-भरतपुर-बर्दघाट विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवाललाई घुस रकमसहित प्रक्राउ गरेको हो । जैसवालले प्रशारण लाइनको ठेकेदारसँग उक्त रकम घुस लिइसकेको अवस्थामा हेटौंडा-१० बसपार्क मेगा होटलबाट नियन्त्रणमा लिएको अख्तियारले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्