डेढ करोड बढीको अवैध यार्सागुम्बा बरामद

Machchapuchchre

अर्थ राजनीति ~ जिल्लाको महाकाली नगरपालिका–४ पुलघाटबाट करिब १ करोड ५७ लाख ५९ हजार रुपैयाँ मूल्य बराबरको यार्सागुम्बा दार्चुलामा बरामद गरेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार १७ किलो ५ सय १० ग्राम अवैध यार्सागुम्बा बरामद गरिएको हो । यार्सागुम्बासँगै हुम्ला नाम्खा गाउँपालिका–३ को ३५ वर्षीय दोकार लामालाई पनि प्रहरीले पक्राउ गरेको बताएको छ । बरामद यार्सागुम्बासहित लामालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्