गण्डकीको गम्भीर कोरोना संक्रमित बिरामीलाई रेम्डिसिभिरको प्रयोग

Machchapuchchre

अर्थ राजनिती ~ कोभिडका कारण अक्सिजन कम भएका संक्रमितलाई रेम्डिसिभिर प्रयोग गरिएको छ ।  गण्डकी प्रदेशमा कोभिड–१९ को गम्भीर अवस्थाका ४ संक्रमितलाई रेम्डिसिभिर औषधी चलाइएको छ ।  व कोभिडका कारण अक्सिजन कम भएका संक्रमितलाई रेम्डिसिभिर प्रयोग गर्दा सुधारसमेत देखिएको चिकित्सकले बताएका छन् । एरेम्डिसिभिरको प्रयोगबारे नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अध्ययन गरिरहेकाले सीमित संख्यामा यो मुख्य अस्पतालहरुमा मात्र उपलब्ध छ । गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा गम्भीर प्रकारका संक्रमितको उपचार हुँदै आएको कारण यो औषधि यस अस्पतालमा पनि उपलब्ध छ ।प्रतिष्ठानलाई स्वास्थ्य  विभागमार्फत सरकारले १ सय वटा उपलब्ध गराएको छ भने प्रतिष्ठान आफैंले ३० वटा खरिद गरेको छ । बंगलादेशबाट आएको रेम्डिसिभिर स्वास्थ्य विभागमार्फत १ सय वटा प्रतिष्ठानमा आएको हो । प्रतिष्ठानले आफै ३० वटा मात्र खरिद गरेको थियो । एकजनालाई कम्तिमानी ६ वटासम्म  रेम्डिसिभिरको प्रयोग गरीएको र एक जना निको भएर घर गएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्