नेपाल राष्ट्र बैंक: रिभर्स रिपोमार्फत फेरि २० अर्ब रूपियाँ तान्दै

Machchapuchchre

अर्थ राजनीति ~ नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीमा तरलता थुप्रिँदै गएपछि साउन दोस्रो सातायताको अवधिमा दुईपटक गरी ४० अर्ब रुपियाँ खिच्दै छ ।
रिभर्स रिपोमार्फत एक साता अगाडि बैङ्कहरूबाट २० अर्ब रुपियाँ खिचिसकेको राष्ट्र बैङ्कले फेरि २० अर्ब रुपियाँ रकम खिच्न लागेको हो । सात दिन अवधि रहने रिभर्स रिपोमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाले अक्सनमा भाग लिनसक्ने राष्ट्र बैङ्कले बिहीबार जारी गरेको सर्कुलरमा उल्लेख छ ।
आगामी सात दिनको अवधिको उक्त रिभर्स रिपो एक सातापछि अर्थात् साउन २९ गते परिपक्व हुनेछ । रिपो खरिदका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने राष्ट्र बैङ्कले जनाएको छ ।
जारी गरिने रिभर्स रिपो लिन चाहने बैङ्कले बिहीबार दिउँसो २ः०० बजेसम्म अनलाइन बिडिङमार्फत आवेदन गर्नसक्ने व्यवस्था गरिएको थियो ।
यसअघि पनि बैङ्क तथा वित्तीय प्रणालीमा तरलता भएको भन्दै राष्ट्र बैङ्कले २० अर्ब रुपियाँ तानेको थियो । बैङ्कहरूमा दुई खर्ब रुपियाँभन्दा बढी तरलता थुप्रिएपछि राष्ट्र बैङ्कले रिभर्स रिपोमार्फत सो परिणामको रकम तान्न लागेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्