सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक यातायात सञ्चालन हुने

Machchapuchchre

अर्थ राजनीति ~  सरकारले सार्वजनिक यातायात सुचारु गर्न दिने निर्णय गरेको छ । सार्वजनिक यातायात सञ्चालन पूर्ब सुरक्षा मापदण्ड पुरा गर्नुपर्नेछ ।
सरकारका प्रवक्ता एवम् अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाको मापदण्ड पुरा गरेर सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिनुभयो । उहाँले ट्याक्सीमा बढीमा दुई र परिवारका सदस्यहरुमात्रै बस्ने भए सिट क्षमता बमोजिम बस्न पाउने गरी खुकुलो गरिएको बताउनुभयो । त्यसैगरी, छोटो दूरीका सार्वजनिक यातायात सुरक्षा मापदण्ड पुरा गरेर सञ्चालन गर्न पाउने उहाँले जानकारी दिनुभयो । जस बमोजिम काठमाडौं उपत्यकाको तीन जिल्लामा मात्रै सार्वजनिक यातायात सञ्चालन गर्न सकिने उहाँले प्रष्ट्याउनुभयो । निर्णय बमोजिम उपत्यका बाहेक जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न पाइनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्