चिनियाँ राजदूतले भनिन्- ‘हामी नेपालकाे साथमा छाैं’

Machchapuchchre Bank

काठमाडौं । नेपालमा काेराेना भाइरसकाे संक्रमण देखापरेपछि चीनले सहयोग गर्न तयार रहेको प्रतिवद्धता पुनः दोहोर्‍याएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले माइक्राे ब्लगिङ साइट ट्वीटरमा भनेकी छन्, ‘ हाम्रा नेपाली साथीहरूलाई सहयोग पुर्‍याउन चिकित्सा सामग्रीहरू ककेसम्म मिलाउँदै छौँ ।’

सरकारले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरेसँगै चीनको यस्तो भनाइ आएको हो। ‘हामी नेपालका लागि प्रार्थना गर्दैछौं’, उनले भनेकी छन्, ‘हामी नेपालका साथीहरुलाई सहयोग पुर्‍याउन तत्पर छौं। चिकित्सा सामाग्रीहरु सकेसम्म मिलाउँदैछौं, हामी साथमा छौं।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्