शैक्षिक हड्ताल सफल बनाउन सहयोग गर्ने सबैलाई अखिल क्रान्तिकारीले दियो धन्यवाद, बिज्ञप्तिसहित

Machchapuchchre

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले शैक्षिक हड्ताल सफल पार्न सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिएको छ । बिहिबार सङ्गठनका उपाध्यक्ष रुद्र भट्टराईले एक बिज्ञप्ति जारी गर्दै बुधबार शान्तिपूर्ण रुपमा हड्तालसहित संघर्षका घोषित सबै कार्यक्रमहरु सफलतापूर्बक देशभर सम्पन्न भएकाे सहयोग गर्ने सबैलाई धन्यवाद भनेका छन् ।

”शान्तिपूर्ण रुपमा हड्तालसहित संघर्षका घोषित सबै कार्यक्रमहरु सफलतापूर्बक देशभर सम्पन्न भएका छन । संघर्षकै परिणाम स्वरुप केन्द्रीय अध्यक्ष, कोषध्यक्षसहित ४ जना नेताहरुको रिहाई समेत भएको छ । यस क्रममा प्रत्यक्ष, अप्रत्यक्ष सहयोग, समर्थन गर्नुहुने सबै महानुभाबहरुप्रति संगठन बिशेष धन्यबाद प्रकट गर्दछ ।’ बिज्ञप्तिमा भनिएको छ ।

क्रान्तिकारीले सगठनका नेता कार्यकर्ताको बिनासर्त रिहाई, संगठनमाथिको अघोषित प्रतिबन्धको खारेजी, स्वतन्त्र बिद्यार्थी यूनियनको निर्बाचनको मागसहित फागुन १४ गते बुधबार देशब्यापी शैक्षिक हडताल घोषणा गरेको थियो । यस्तो छ विज्ञप्तिको पूर्णपाठ

”हाम्रो गौरबशाली संगठन अखिल (क्रान्तिकारी) राष्टियता, जनतन्त्र, जनजीबिका र शैक्षिक रुपान्तरणको पक्षमा संघर्षरत रहेको ब्यहोरा सर्बबिदितै छ । पछिल्लोसमय राष्ट्रघाती एमसीसीको भण्डाफोर, सिमा अतिक्रमणको बिरोध, मूल्यबृद्धि, सरकारकै संलग्नतामा भएका ठुल्ठुला भ्रष्ट्राचार तथा कमिशनकाण्ड, शैक्षिक क्षेत्रका ब्यापक बेथितिबिरुद्ध संघर्ष र स्वतन्त्र बिद्यार्थी यूनियनको निर्बाचनको मागसहित हाम्रो संगठन आन्दोलनको मोर्चामा दृढतापूर्बक अगाडी बढीरहेको छ ।

यसै सन्दर्भमा स्वबियू निर्बाचनको तयारीका गतिबिधि गरिरहेकै बेला हाम्रो संगठनका केन्द्रीय अध्यक्ष चिरञ्जीबी ढकाल, कोषाध्यक्ष नरेन्द्र बिश्वकर्मा, केन्द्रीय सचिबालय सदस्य बिरेन्द्र लुहार, केन्द्रीय सदस्यहरु अटल पाण्डे, प्रकाश तिरुवा, त्रिबि कमिटी अध्यक्ष मदन चापागाईसहित दर्जनौ नेता कार्यकर्ताको प्रहरीद्धारा गैरन्यायिक गिरफ्तार गरियो । साथै संगठनमाथि ब्यापक दमन र धरपकड भइरहेको छ । शान्तिपूर्ण रुपमा भइरहेका संगठनका संगठनात्मक, जनपक्षीय तथा शैक्षिक गतिबिधिहरु राज्य आतंकको सिकार भइरहेका छन । राज्यको फासिस्ट शैली उदाङ्गो भएको छ र हामी यसप्रकारको राज्य रबैयाको घोर भत्र्सनासहित निन्दा गर्दछौं ।

सगठनका नेता कार्यकर्ताको बिनासर्त रिहाई, संगठनमाथिको अघोषित प्रतिबन्धको खारेजी, स्वतन्त्र बिद्यार्थी यूनियनको निर्बाचनको जोडदार मागसहित संगठनले यहि फागुन १४ गते देशब्यापी शैक्षिक हडताल घोषणा गरेको थियो । शान्तिपूर्ण रुपमा हड्तालसहित संघर्षका घोषित सबै कार्यक्रमहरु सफलतापूर्बक देशभर सम्पन्न भएका छन । संघर्षकै परिणाम स्वरुप केन्द्रीय अध्यक्ष, कोषध्यक्षसहित ४ जना नेताहरुको रिहाई समेत भएको छ । यस क्रममा प्रत्यक्ष, अप्रत्यक्ष सहयोग, समर्थन गर्नुहुने सबै महानुभाबहरुप्रति संगठन बिशेष धन्यबाद प्रकट गर्दछ । परिबर्तनकारी आन्दोलनमा हाम्रो संगठन दृढ छ । साथै यहाँहरुको आगामी दिनमासमेत निरन्तर सहयोग समर्थनको अपेक्षा गर्दछौं ।”

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्