काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या २ हजार १ सय १८ पुगेको छ । कोरोना भाइरसका कारण बुधबार थप १ सय १४ जनाको मत्यु भएपछि मृतकको संख्या २ हजार १ सय १८ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीले जनाएका छन् ।
यसअघि गत मंगलबार एकै दिनमा महामारीबाट १ सय ३६ जनाको मृत्यु भएको थियो । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको राजधानी वुहान शहरबाट शुरु भएको यस भाइरसका कारण मृत्यु हुनेको संख्या बढे पनि संक्रमितको संख्यामा भने कमि आएको समाचार संस्था एपीले जनाएको छ ।
कोरोना भाइरसका कारण थप ३ सय ९४ जनालाई संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ७४ हजार ५ सय ७६ पुगेको छ ।