निजी सवारीसाधन कर्जासम्बन्धी व्यवस्थालाई खुकुलो बनाउदै नेपाल रास्ट्र बैंक

Machchapuchchre Bank

अर्थ राजनीति । नेपाल राष्ट्र बैंकले निजी सवारीसाधन कर्जासम्बन्धी व्यवस्थालाई खुकुलो बनाउने भएको छ । ऋणमा गरिएको कडाईका कारण राजश्व नै नपुगे पछी राष्ट्र बैंकले डाउनपेमेन्टलाई खुकुलो बनाउने निर्णय गरेको छ । नेपाल रास्ट्र बैंकले निजी सवारी किन्नका लागि ८० प्रतिशत ऋण दिने गरेकोमा यसलाई कडाई गर्दै घटाएर ५० प्रतिशतमा झारिएको थियो । बैंकले निजी सवारीसाधन किन्नका लागि ८० प्रतिशत ऋण दिने गरेकोमा यसलाई कडाई गर्दै घटाएर ५० प्रतिशतमा झारिए पछि सवारी खरिद गर्ने ग्राहकमा कमी आएका कारण व्यवसायीहरुले गाडीहरु आयात गर्नै कम गरेका छन । त्यसकारण राजश्वमा उल्लेख्य कमी देखिएपछि राष्ट्र बैंकले निजी सवारीका लागि बैंकले दिने कर्जाको सीमा ५० प्रतिशतबाट बढाएर पहिलाको व्यवस्थालाई नै कायम गरेको छ ।

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्