ARTHARAJNITI ~ नेपाली बजारमा आज (बिहीबार) पनि सुन-चाँदीको भाउ घटेको छ। गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो। बुधबार प्रतितोला ६ हजार तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन भने तोलामा तीन हजार तीन सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५७ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ६० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला तीन हजार तीन सय ८० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार तीन सय ३५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४५ रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार सात सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
सुन-चाँदीको मूल्य घट्ने क्रम जारी, आज कतिमा हुँदैछ किनबेच?



