Artharajniti ~ प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। उनले आज दिउँसो १२:३० बजेका लागि बैठक बोलाएका हुन्। रसुवा बाढी पछिको अवस्था र खोज उद्धारबारे निर्णय गर्न शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको हो। बैठक अघि शाहले सुरक्षा निकायको ब्रिफिङ लिएका थिए
रसुवा बाढीपछि प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक




पारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिलबहादुर क्षत्रीले बाढीले कति गाडी बगायो भन्ने यकिन हुन बाँकी रहेको बताए। ‘हामीले मगाएका गाडीहरु भन्सारबाट छुटाउने क्रममा थिए। चीनतर्फ रहेका गाडीमा क्षति पुगेको छैन भन्ने खबर छ। तर चीनबाट नेपालतर्फ कति ल्याइएको थियो भन्ने यकिन हुन बाँकी छ,’ उनले भने। कर्मचारीहरु अहिले सुरक्षित भन्सार क्षेत्रबाट माथि जंगल क्षेत्रमा छन्। बाढीले ७ वटा जलविद्युत आयोजनामा क्षति पुर्याएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। चिलिमे, १११ मेगावाटको रसुवागढी हाइड्रोपावर, ६० मेगावाटको अप्पर त्रिशुली-२ ए, २४ मेगावाटको त्रिशुली हाइड्रोपावर, १४.१ मेगावाटको देवीघाट हाइड्रोपावर, ३७ मेगावाट त्रिशुली-३बी लगायतमा ठूलो क्षति पुगेको छ। २१६ मेगावाट क्षमताको अप्पर त्रिशुली आयोजना र ५ मेगावाटको सानो मैलुङमा पनि क्षति पुगेको छ।२२०/१३२/३३ केभीको त्रिशुली ३ बी सबस्टेसनमा पनि क्षति पुगेको छ। क्षतिका कारण विद्युत आपूर्ति अवरुद्ध भएको छ।२५ मेगावाट क्षमताको सौर्य प्लान्टको तीनवटा ब्लक र सबस्टेसन पनि बगाएको छ । बाढीका कारण नुवाकोटको त्रिशूली बजार आसपासका करिब ६० घर बगाएको छ। देवीघाट क्षेत्र पनि प्रभावित भएको छ। बाढी आएको पूर्वसूचना पाएलगत्तै त्रिशूली नदी आसपासका स्थानीय सुरक्षित स्थानमा गएकाले हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए। बाढीले त्रिशूली नदीमा रहेका दुईवटा पक्की पुल बगाएको छ। रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अकस्मात आएको बाढीले टिमुरेमा खटिएको सशस्त्र प्रहरी बलको टोली सम्पर्कविहीन भएको छ।