Artharajniti ~ नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ। देउवा र खड्का समूहको वारेस भएर अधिवक्ता श्रवणकुमार देवले निवेदन दर्ता गराएका हुन्। निवेदनमाथि ११ भदौका लागि पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए। सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशनको विवादमा पुनरवलोकनका लागि निस्सा दिएपछि कांग्रेसको विवाद सर्वोच्चमा विचाराधीन छ। सर्वोच्चले शुरुदेखि नै सुनुवाइ गर्ने अनुमति दिएपछि पनि एकलौटी महाधिवेशनको प्रक्रिया शुरु गरेको भन्दै इतर समूहले त्यो प्रक्रिया रोक्न सर्वोच्चमा सोमबार निवेदन दिएको हो। अब पुनरवलोकनको मुद्दाको टुंगो नलागेसम्म १५ महाधिवेशन गर्ने नमिल्ने जिकिर गर्दै देउवा समूहले निवेदन दिएको हो।



