Atharajniti ~ नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संवैधानिक निकाय तथा राज्यका विभिन्न तहका नियुक्तिहरूमा राजनीतिक भागबण्डा गर्ने परम्पराको अन्त्य भएको बताएका छन्। बिहीवार ललितपुरको सानेपास्थित पार्टी केन्द्री कार्यालयमा आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक विचार गोष्ठीमा बोल्दै सभापति थापाले कांग्रेसले अबदेखि कतै पनि भागबण्डा नगर्ने र भाग नखोज्ने स्पष्ट पारे। सभापति थापाले संवैधानिक निकायहरूमा भागबण्डाभन्दा पनि कार्यक्षमता र पारदर्शिताका आधारमा ‘शुद्धता’ हुनुपर्नेमा जोड दिए। उनले संवैधानिक परिषद्को विद्यमान संरचना र नियुक्ति प्रक्रियामाथि पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याए।न्यायाधीश नियुक्ति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायहरूमा हुने नियुक्तिका सन्दर्भमा अब नयाँ ढङ्गले छलफल हुनुपर्ने उनको तर्क छ।
” संवैधानिक निकायमा भागबण्डाको युग समाप्त ” : सभापति थापा



