कांग्रेसले संविधान संशोधनबारे पार्टीको दृष्टिकोण सार्वजनिक गर्दै

Machchapuchchre Bank

Artharajniti  ~  नेपाली कांग्रेसले संविधान संशोधनको विषयमा आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ । कांग्रेस सभापति गगनकुमार थापाले ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ आज सार्वजनिक गर्न लागेका हुन् । त्यसका लागि आज दिउँसो ३ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरिएको छ । संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्न कांग्रेसले उपसभापति पुष्पा भुसालको संयोजकत्वमा विज्ञ समिति नै गठन गरेको थियो । समितिमा वरिष्ठ अधिवक्ताहरु राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सीताराम केसी, ललितकुमार बस्नेत तथा अधिवक्ताहरु रनबहादुर थेवे, शर्मिला श्रेष्ठ र झलमाया विक छन् । यस्तै समितिको सदस्य सचिवको जिम्मेवारीमा अधिवक्ता राजु कटुवाल छन् । संविधान संशोधनका सन्दर्भमा प्रमुख राजनीतिक दलहरूबीच मतभिन्नता देखिएको बेला कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्न लागेको हो । यसअघि संविधान संशोधनको बहस र प्रक्रियालाई अगाडि बढाउन भन्दै गठन गरिएको ‘संविधान संशोधन बहसपत्र कार्यदल’ बाट नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, जसपा, लोसपा र राजमोले बाहिरिने निर्णय गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्