सभामुख अर्यालको भूमिकामाथि निस्कल राईले उठाए प्रश्न

Machchapuchchre Bank

Artharajniti  ~ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद निस्कल राईले सभामुख डीपी अर्यालको भूमिकामाथि प्रश्न गरेका छन् ।बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रतिपक्षी दलले सरकारलाई जबाफदेही बनाउन खोजे पनि सभामुखको भूमिका निष्पक्ष नभएको आशयसहितको अभिव्यक्ति दिएका हुन् ।‘पछिल्लो केही बैठकदेखि प्रतिपक्षी दलले सरकारलाई जबाफदेही बनाउन खोजिरहेको छ । तर, यसमा सभामुखको साथ मिलेन’, उनले संसदमा भने । केही बैठकदेखि श्रम संस्कृति पार्टी हर्क साम्पाङले सरकार खोज्दै प्लेकार्ड देखाए पनि सभामुखले त्यसलाई अमर्यादित भनेको भन्दै उनले आपत्ति जनाए । विगतमा रास्वपाले निलो स्कार्फ बाँधेर आएको स्मरण गर्दै उनले सभामुखलाई प्रश्न गरे, ‘आफैँले गरेको त्यो कदम संसदीय र मर्यादित अनि अहिले प्रतिपक्षीको प्लेकार्ड कसरी अमर्यादित ?’ उनले विगतको र अहिलेको दुवै कार्य अमर्यादित भएको भन्दै सभाको मर्यादा सभामुखले राख्नुपर्ने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्