सबै मन्त्रालयमा भएका सवारी साधनको विवरण पठाउन प्रधानमन्त्री कार्यालयको निर्देशन

Machchapuchchre Bank

ARTHARAJNITI  ~  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालयमा भएका सवारी साधनको विवरण मागेको छ। सबै मन्त्रालयलाई सवारी साधनहरूको विवरण उपलब्ध गराउन कार्यालयले पत्र पठाइएको हो। पत्रमा भनिएको छ, ‘‘मन्त्रालय र अन्तर्गत विभाग/कार्यालयमा प्रयोगमा रहेको र मर्मत कार्य भइरहेका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनहरूको विवरण तयार पारी यस कार्यालयमा मिति विहिवार कार्यालय समयभित्र प्राप्त हुने गरी पठाउने व्यवस्था गर्न सचिवस्तरीय निर्णयानुसार अनुरोध छ।’ पत्रमा सवारीको ब्रान्ड, सवारी साधन नम्बर, गिएर प्रणााली, डिजेल/पेट्रोल/विद्युतीय खुलाउने, प्रयोगकर्ताको नाम, पद र सवारी साधनको अवस्था पनि खुलाउन भनिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्