प्रधानमन्त्री बालेनले सातै प्रदेशका मुख्यमन्त्रीलाई बोलाए काठमाडौं

Machchapuchchre Bank
ARTHARAJNITI ~  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सातै प्रदेशका मुख्यमन्त्रीलाई काठमाडौं बोलाएका छन्। उनले विकास निर्माणका कार्यलाई तीव्रता दिने र प्रदेशले भोगिरहेका प्रशासनिक र आर्थिक समस्याबारे छलफलका लागि मुख्यमन्त्रीहरुलाई काठमाडौं बोलाएका हुन्। प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीचको बैठक बिहीबार अपराह्न २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍ कार्यालयमा बस्ने तय भएको छ। राष्ट्रिय प्राथमिकताका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ बनाउने विषय पनि बैठकको एजेन्डा रहेको बालेनको सचिवालयले जनाएको छ। बालेनले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि प्रदेशका मुख्यमन्त्रीसँग पहिलोपटक छलफल गर्न लागेका हुन्। यसअघि उनले प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसदसँग प्रदेशगत रुपमा र समानुपातिक सांसदसँग एकमुष्ट रुपमा छलफल गरेका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्