नयाँ सरकारमा लगिने मन्त्री चयनको अन्तिम तयारी गर्दै रास्वपा

Machchapuchchre Bank
Artharajniti   ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ सरकारका मन्त्री चयनको अन्तिम गृहकार्यमा जुटेको छ। प्रधानमन्त्रीका रूपमा  बालेन साहले शपथ ग्रहण गर्ने दिन नजिकँदै गर्दा सभापति रवि लामिछाने मन्त्री चयनको अन्तिम तयारीमा जुटेका हुन्। यही चैत १३ गते प्रधानमन्त्रीले शपथ लिएकै दिन सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी छ। केही व्यक्तिहरूको मन्त्रालय टुंगो लागिसके पनि केहीको बाँकी रहेको स्रोतले जनाएको छ। कम्तीमा १५ देखि १८ सदस्यीय सम्मको मन्त्रिपरिषद बनाउनेबारे छलफल भइरहेको बताइएको छ। रास्वपाले चुनावी वाचापत्रमा मन्त्रालय १८ मा सीमित गर्ने उल्लेख गरेको छ। त्यसका लागि केही मन्त्रालय गाभिने बताइएको छ। स्रोतका अनुसार बालेनले प्रधानमन्त्रीसँगै रक्षा मन्त्रालय सम्हाल्ने छन्। उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्ले मन्त्री बन्ने निश्चित छ। अरु मन्त्रीमा शिशिर खनाल, सुनिल लम्साल, सोविता गौतम, सुदन गुरुङ, मनिष झा, जगदीश खरेल र प्रतिभा रावललगायतको नाम चर्चामा छ। खरेलले सभामुख पाउने चर्चा पनि चलेको स्रोतले बताएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्