“कांग्रेसको नीति र सिद्धान्तले जितेको छ ” : महामन्त्री पौडेल

Machchapuchchre Bank

Artharajniti  ~  नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निर्वाचनमा सिट संख्याको आधारमा आफ्नो पार्टी दोस्रो भए पनि नीति र सिद्धान्त भने विजयी भएको टिप्पणी गरेका छन् । केन्द्रीय कार्यसमितिको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचनको सबैभन्दा सुखद पक्ष भनेको नेपाली मतदाताले ’प्रजातान्त्रिक उदारता’ लाई रोज्नु रहेको भनाइ थियो ।उनले भने, ‘सिट संख्यामा हामी दोस्रो भयौँ होला, तर हाम्रा नीति र सिद्धान्त विजयी भएका छन् । नेपालमा एक प्रकारको आयामिक परिवर्तन भएको छ, जसले समृद्धिको फराकिलो बाटो खोल्नेछ भन्ने मेरो विश्वास छ । हाम्रा कम्युनिष्ट मित्रहरूले विगतमा प्रणाली जोगाउन हामीसँग सहकार्य गरे पनि जनमतले अब मुलुक सामाजिक न्याय, कानुनको शासन र उदार अर्थतन्त्रको ’कांग्रेसी मार्ग’ मा हिँड्नुपर्छ भन्ने स्पष्ट सन्देश दिएको छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्