रामेछाप बस दुर्घटना : मतदान अधिकृतसहित २ जनाको ज्यान गयो, ७ घाइते

Machchapuchchre Bank

Artharajniti  ~  रामेछापमा चुनावकाे सामग्री बोकेको गाडी दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या दुई जना पुगेकाे छ । मतदान सामग्री र निर्वाचन कर्मचारी भएको गाडी दुर्घटनामा घाइते भएका मतदान अधिकृतकाे पनि मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे हाे । दुर्घटनामा घाइते भएका मतदान अधिकृत डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा मृत्युभएकाे छ । दुर्घटनामा त्यसअघि असई पर्शुराम यादवको मृत्यु भएकाे प्रहरीले बताएकाे हाे । बाँकी ७ जना घाइतेको काठमाडाैंकाे छाउनी अस्पतालमा उपचार भइरहेको छ । रामेछाप नगरपालिका–२ देउराली जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको गाडी साेमबार साझ दुर्घटना भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्