“कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दैन ” : सभापति थापा

Machchapuchchre Bank

Artharajniti  ~  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । केहिदिन अघि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले सडकसहित विकास निर्माणका कामको जिम्मा लिएर अघि नबढाउनेलाई रुखमा बाँध्ने पनि बनाउन लगाउने भन्दै यस्तो अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको जवाफ दिँदै उनले भने- ‘सडक किन ढिला बनिनरहेका छन् रु कानुनमा समस्या छ, त्यसको हामीले पहिचान गर्नुपर्छ । त्यसैले मैले ४१ वटा कानुन फेर्नुपर्छ भनेको छु। कुनै साथीले भनेजस्तो सडक बनेन भनेर कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दैन ।’ उनले सडक बनेन भनेर कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश नबन्ने बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्