Artharajniti ~ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा चुनावमा एमाले एक्लै चुनावी मैदानमा रहने उद्घोष गरेका छन् । शुक्रबार चुनाव क्षेत्र झापा– ५ मा जारी घरदैलो अभियानका क्रममा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले एमालेलाई बहुमतसहितको निर्णायक शक्तिका रूपमा स्थापित गर्न आमनागरिकको पूर्ण साथ रहेको बताए । ओली यसपटक आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर चुनावी प्रचारकालागि निस्किएका छैनन् ।
” एमाले एक्लै चुनावी मैदानमा रहन्छ ” : ओली



