“निर्धक्क रुपमा निर्वाचनमा सहभागी हुन सबैमा आग्रह गर्दछु ” : गृहमन्त्री अर्याल

Machchapuchchre Bank

Artharajniti  ~  गत भदौ अन्तिम साताको जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारको ‘म्यान्डेट’ नै प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने र निर्वाचित सरकारलाई वैधानिक प्रक्रियाबाट सत्ता हस्तान्तरण गर्ने हो। सोही बमोजिम सरकारले आफ्नो पहिलो प्राथमिकता निर्वाचनलाई बनायो र संवैधानिक व्यवस्थाअनुरुप नै ६ महिनाभित्रै निर्वाचन सम्भव पनि हुँदैछ। यही फागुन २१ गते हुन गइरहेको निर्वाचनका अब केही दिन मात्र बाँकी छन्। नेपाल सरकार तथा निर्वाचन आयोगले निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा भइसकेको बताएको छ। शान्तिसुरक्षा निर्वाचनको प्रमुख आधार र आवश्यकता हो। नेपाल सरकारका प्रवक्तासमेत रहेकाले विना कुनै अवरोध, निर्धक्क र निर्भयका साथ मतदान गर्न पाउने नागरिकको अधिकारको सम्मान गर्दै निर्वाचनमा  नेपाल सरकारका प्रवक्तासमेत रहेकागृहमन्त्री ओमप्रकाश अर्यालले विना कुनै अवरोध, निर्धक्क र निर्भयका साथ मतदान गर्न पाउने नागरिकको अधिकारको सम्मान गर्दै निर्वाचनमा पूर्ण सुरक्षा प्रबन्ध गरेको बताएका छन्।

“यो नागरिक सरकार हो, त्यसैले निष्पक्ष सरकार हो। यो सरकारले पहिलेको भन्दा अझै निष्पक्ष र गुणस्तरीय चुनाव गराउनुपर्दछ। स्वतन्त्र ढङ्गले, निष्पक्ष र भयरहित रुपमा यो सरकारले निर्वाचन सम्पन्न गर्ने हो। त्यसका लागि आवश्यक सबै पूर्वाधारह तयार गरिसकेका छौँ। अहिले कानून कार्यान्वयन गर्न, विधिको शासन बहाली गर्न र सुशासन बहाली गर्न यो सरकारलाई सजिलो छ भन्ने मलाई लाग्छ। किनभने यहाँ कुनै दलीय दबाब या बाध्यताका कुनै पनि काम हुँदैनन्। त्यसैले निर्धक्क रुपमा मतदान गर्न र आफ्ना क्षेत्रबाट असल प्रतिनिधि चयन गर्न म सबैमा आग्रह गर्दछु। यसपालि हामीले गुणात्मक र सुदृढ सुरक्षा दिन्छौँ। सुरक्षा सुदृढ हुँदै गएको त अहिले नै पनि महसुस भएकै छ। त्यसैले पनि निर्वाचनको समयमा शान्तिसुरक्षाको कुनै पनि द्विविधा नलिन र पूर्णतया शान्तिको महशुस गर्न म फेरि पनि सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा आग्रह गर्न चाहन्छु।” गृहमन्त्री  अर्यालले बताएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्