यसपटक देशले जित्छ, जनताले जित्छ : रवि लामिछाने

Machchapuchchre Bank

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले अत्यन्तै जरुरी ठानेर सोविता गौतमलाई चितवन–३ बाट उम्मेदवार बनाएको दाबी गरेका छन् । चितवन–३ मा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले चितवनबाट भएको क्रान्तिलाई निर्णयमा बदल्नका लागि सोवितालाई उम्मेदवार बनाएको बताए । उनले भने, ‘चितवन त्यस्तो ठाउँ जहाँबाट रगतको थोपो नबगी क्रान्तिको बिगुल फुक्यो । सोविता चितवनमा आउनका लागि ठूलो कारण छ । किनकी चितवनमा क्रान्ति छ,’ ‘त्यो क्रान्तिलाई निर्णयमा बदल्न सोविता चितवन आउन जरुरी थियो । सोवितालाई चितवनमा ल्याउने निर्णय सिंगो रास्वपाको हो ।’ सोविता एउटा नाममात्रै नभइ अहिलेको पुस्तालाई प्रेरणा दिने साहसी महिला भएको रविको भनाइ छ । ‘सोविता गौतम एउटा नाममात्रै होइन, यो पुस्तालाई प्रेरणा दिने साहसी महिला हो । सोवितालाई यहाँबाट उठाउनुपर्‍यो भन्ने ठाउँको कमी थिएन,’ उनले भने, ‘सोविता सिंगो देशको छोरी भइन् त्यसकारण हामीले चितवन ल्यायौं । किनकी चितवनबाट एउटा सन्देश दिनुपर्ने थियो ।’

साथै, सम्बोधनको क्रममा लामिछानेले यसपटक मत बदल्ने बेला आएको पनि बताए । ‘यसपटक परिणाममा बदल्ने बेला आएको छ । जसरी अन्यायमा पर्दा तपाईंहरूले न्याय दिएर हुर्काउनुभयो । मेरो के नाता थियो र तपाईंहरूसँग,’ उनले भने, ‘आशिर्वाद दिनका लागि घरमा छोराछोरी नातीनातीना सबै थिए । तर यो छोरालाई जुन माया दिनुभयो । म कालकोठरीमा पर्दा आँशु बगाउनुभयो । अन्याय पर्‍यो भन्दा हस्ताक्षर गरिदिनुभयो । म ऋणि छु । कसरी तिर्छु थाहा छैन । म सँग बाँकी केही छैन, सत्य छ इमान छ । त्यसैको बलमा एकसे एक साथीहरूलाई संसद् लिएर जानेछु ।’ यसपटक देश र जनताले जित्ने उनको भनाइ छ । ‘मुलुकले यसपटक मतपरिणाम मात्रै खोजेको छैन । चुनाव कति आए कति गए, कति जिते कति जिते । पार्टीले कति चलाए चलाए, सरकार कति बने बने । यसपटक देशले जित्छ, जनताले जित्छ,’ लामिछानेले भने ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्