Artharajniti ~ काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेसका दुई दर्जनभन्दा बढी नेता कार्यकर्ता उज्यालो नेपाल पार्टी(उनेपा) मा प्रवेश गरेका छन् । आइतबार उनीहरूलाई उनेपाका अध्यक्ष कुलमान घिसिङले पार्टीमा स्वागत गरे । बौद्ध तीनचुली निवासी, नेपाली कांग्रेसमा विगत करिब ३० वर्षदेखि सक्रिय रहँदै आएका पूर्व पर्यटन विभाग केन्द्रीय सदस्य इन्द्र लामा ,कागेश्वरी मनहरा–१ का बागवीर लामासहित कांग्रेसका दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता उनेपामा प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै इन्द्र लामाले अब देशको नेतृत्व गर्न सक्ने स्पष्ट र सक्षम नेतृत्व कुलमान घिसिङ र उज्यालो नेपाल पार्टी सँग मात्र रहेको बताए । कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङले लामो समयदेखि स्थापित पार्टी परित्याग गरी उज्यालो नेपाल पार्टीप्रति विश्वास व्यक्त गरेकोमा धन्यवाद व्यक्त गरे । उनले अब देशको नेतृत्व गर्ने स्पष्ट उद्देश्यसहित उज्यालो नेपाल पार्टी स्थापना गरिएको उल्लेख गर्दै जनताको भरोसा र विश्वासले आफूहरू थप अनुभवी र जिम्मेवार बन्दै गएको बताए ।
कांग्रेसका दुई दर्जनभन्दा बढी नेता–कार्यकर्ता उनेपामा प्रवेश



