” देश नै उज्यालो बनाउन प्रधानमन्त्री बन्ने हो ” : कुलमान घिसिङ

Machchapuchchre Bank

Artharajniti  ~   पूर्वमन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले एउटा क्षेत्र मात्र उज्यालो बनाएर देश समृद्ध नहुने बताएका छन् । आसन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ३ बाट उम्मेदवार रहेका घिसिङले घरदैलो कार्यक्रम अन्तर्गत बौद्ध खाईबाटोल–भुवालडाँडा क्षेत्रका स्थानीयसँगको भेटघाटमा समग्र देशको अँध्यारो हटाउन आफू राजनीतिमा होमिएको स्पष्ट पारेका हुन्। लामो समय कर्मचारी संयन्त्रमा रहेर नेपाल विद्युत प्राधिकरणको नेतृत्व सम्हालेका घिसिङले प्राविधिक क्षेत्रबाट मात्र देशको मुहार फेर्न नसकिने निष्कर्ष सुनाए । उनले एउटा कुना मात्र उज्यालो भएर नहुने भन्दै सिङ्गो देशलाई उज्यालो बनाउन र सबै क्षेत्रको बेथिति अन्त्य गर्न राजनीतिक नेतृत्वमै पुग्नुपर्नेमा जोड दिए । कुरा मात्र गरेर देश नबन्ने भन्दै उनले काम गर्नका लागि कार्यकारी भूमिका अर्थात् प्रधानमन्त्रीकै तहमा पुग्नु अपरिहार्य रहेको जिकिर गरे । उनले देशको गरिबी हटाउन, भ्रष्टाचार मुक्त गर्न र रोजगारी सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्र बनाउन सही नेतृत्वको खाँचो रहेको औँल्याएका छन् । उनले आगामी निर्वाचनमा मत परिवर्तन गर्न मतदातालाई आग्रह गरे । पुस्तौँदेखिको पार्टी र विरासत भन्दै सधैँ पुराना दललाई भोट हाल्ने प्रवृत्ति त्याग्न उनको सुझाव छ। पुराना नेता र दललाई पटक–पटक परीक्षण गरिसकेको भन्दै उनले अब नतिजा दिन सक्ने नयाँ र सही व्यक्तिलाई छनोट गर्नुपर्ने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्