Artharajniti ~ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाहरुको माग र मुद्धा सम्बोधन गराउन आफूले लामो समयदेखि नै आवाज उठाउँदै आएको बताएका छन् । विराटनगरमा युवाहरुसंग अन्तक्रिया गर्दै नेता कोइरालाले जेनजी आन्दोलनभन्दा धेरै अघिदेखि नै युवाहरुको प्रतिनिधित्व राज्य संरचना र नीति निर्माण तहमा हुनुपर्नेमा आफूले जोड दिँदै आएको बताउँदै उनले भने, ‘मैले विगतमै युवालाई तीन क्लष्टरमा बाडेर अघि बढ्नुपर्ने बताउँदै आएको थिएँ । जसअनुसार केन्द्रीय तहमा २० प्रतिशत, प्रदेशमा ३० प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत युवाको प्रतिनिधित्व हुनुपर्छ भन्दै आएँ । त्यो हुन सक्दा मात्रै युवाहरुलाई यहि देशमा राख्न सकिन्छ, भन्ने मेरो बुझाई हो ।’ युवालाई प्राथमिकतामा राख्दै आफूले कांग्रेस पार्टीको चौधौं महाधिवेशनमा नेतृत्व तहमा समेत जिताएको उनले बताए । नेता कोइरालाले भने, ‘मुलुकलाई विकाससंगै जनतामा आशा जगाउनकै लागि युवालाई नै पार्टीमा जिताएको हुँ ।’
” तीनै तहमा युवाको प्रतिनिधित्व हुनुपर्छ ” : नेता डा. कोइराला



