Artharajniti ~ सरकारले निष्पक्ष भएर निर्वाचन गराउने गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन् । मंगलबार गृहमन्त्रालयमा भएको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले उक्त कुरा बताएक हुन् ।‘सरकार निष्पक्ष र तटस्थ हुन्छ । त्यहीअनुसार निर्वाचन हुन्छ । निष्पक्षताको प्रत्याभूति दिलाउँछौं,’ मन्त्री अर्यालले भने । सरकार सबैको अभिभावक रहेको उनले बताए । ‘२३ र २४ भदौको घटनापछि देश अभिभावकविहीन भएको थियो । त्यसपछि सबैले स्वीकार्ने नेतृत्व सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भयो । सरकारले तटस्थ भएर काम गर्छ,’ उनले भने । राजनीतिक विषयमा सरकार कसैको पक्षधरता नरहेको सरकारको पक्षधरता भनेको सुशासन रहेको उनको भनाइ छ ।
” सरकारले निष्पक्ष भएर चुनाव गराउँछ ” : गृहमन्त्री अर्याल



