बौद्धमा उज्यालो नेपालको बृहत् भेला

Machchapuchchre Bank

Artharajniti  ~  काठमाडौँको बौद्धमा उज्यालो नेपाल पार्टीको बृहत् भेला सम्पन्न भएको छ । सिन्धुपाल्चोक घर भई विगत लामो समयदेखि काठमाडौँमा बसोबास गर्दै आएका करिब एक हजारभन्दा बढी व्यक्तिहरूको सहभागितामा उक्त भेला सम्पन्न भएको हो । भेलामा सहभागी वक्ताहरूले यस पटक सिन्धुपाल्चोकबाट उज्यालो नेपाल पार्टीलाई विजयी गराउँदै देशलाई उज्यालो बनाउने अभियानलाई सफल बनाउने दृढता व्यक्त गरे। उनीहरूले विकास, सुशासन र परिणाममुखी राजनीतिका लागि उज्यालो नेपाल अपरिहार्य विकल्प भएको धारणा राखे। कार्यक्रमका प्रमुख अतिथि उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ रहेका थिए। कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक दल परित्याग गरी ७ सयभन्दा बढी नेता तथा कार्यकर्ताहरू उज्यालो नेपाल पार्टीमा प्रवेश गरेको जानकारी दिए। नवप्रवेशीहरूलाई स्वागत गर्दै अध्यक्ष घिसिङले भने-‘अब देश विकास गर्ने जिम्मेवारी उज्यालो नेपाल पार्टीले लिन्छ। विकास डेलिभरी, सुशासन र परिणाम देखाउने क्षमता उज्यालो नेपाल बाहेक अरू कुनै पार्टीसँग छैन।’ उनले थपे, ‘उज्यालो नेपाल पार्टीलाई पहिलो शक्तिका रूपमा स्थापित हुन अब कसैले रोक्न सक्दैन।’ भेलाले सिन्धुपाल्चोक लगायत देशभर उज्यालो नेपाल पार्टीप्रति जनसमर्थन बढ्दै गएको स्पष्ट सन्देश दिएको सहभागीहरूको भनाइ थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्