रमेश लेखक बयानका लागि जाँचबुझ आयोग पुगे

Machchapuchchre Bank

Artharajniti  ~ नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक बयानका लागि सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका छन् । भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा गृहमन्त्री रहेका लेखकसँग आयोगले बयान लिन लागेको हो । आयोगको पत्रपछि आफू बयान दिन जाने जानकारी लेखकले यसअघि नै पार्टीलाई गराइसकेका थिए । उनले बयान सकिएलगत्तै पत्रकार सम्मेलन पनि गर्दैछन् । जेनजी आन्दोलनको विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने भन्दै लेखकले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्