“फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन अनिवार्य ” : गगन थापा
अर्थ राजनीतिप्रकाशित मिति :
Artharajniti ~ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन अनिवार्य रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले समयमै निर्वाचन हुन्छ की हुँदैन भन्ने अनिश्चय पैदा भएको भन्दै निर्वाचन समयमै हुनुपर्ने बताउनुभयो । उहाँले परिणाम खोज्ने भन्दा पनि निर्वाचन गराएर नयाँ जनादेशसहित सरकार बनाउने कुरा प्रमुख रहेको बताउनुभयो ।अहिले संविधान ट्रयाक भन्दा बाहिर गएको उल्लेख गर्नुहुँदै समयमै निर्वाचन गराएर संविधानलाई सही मार्गमा ल्याउनुपर्ने अवस्था रहेको बताउनु भयो । हरेक पाँ वर्षमा निर्वाचन हुनुपर्ने कुरा २०१५ सालदेखि नै हुनुपर्ने भएपनि हुन नसकेको बताउनु भयो । संवैधानिक राजतन्त्रले कुनै फरक नपर्ने उहाँको भनाइ छ ।महामन्त्री थापाले भन्नुभयो, ‘आज एउटा ठूलो अनिश्चय छ । चुनाव हुन्छ की हुँदैन , होला की नहोला । चुनाव भएन भने के होला र चुनाव हुँदै गर्दा शान्तिपूर्ण हुन्छ की हुँदैन । एउटा पाटो हो । फागुन २१ गते चुनाव गर्नेकुरा अनिवार्य छ । चुनावको परिणाम के होला , हाम्रो लागि कति अनुकुल होला , कति प्रतिकुल होला र, त्यो हाम्रो आन्तरिक विषय हो । हामी छलफल गरौँला, त्यसलाई अनुकुल बनाउने कोशिस गरौँला ।थप मेहनत गरौँला । तर फागुन २१ गते चुनाव हुने कुरा किन महत्वपूर्ण छ भने संविधान ट्रयाक भन्दा बाहिर गएको छ, लिक भन्दा बाहिर गएको छ । संविधानलाई लिकमा फर्काउनका निम्ति फागुन २१ गते निर्वाचन गर्ने, निर्वाचनले नयाँ संसद ल्याउँछ, नयाँ संसदले विस्तारै यसलाई आफ्नो काम गर्ने हो ।