” कांग्रेस निर्वाचनमा जान आतुर छ ” : नेता डा. कोइराला

Machchapuchchre Bank

Artharajniti  ~   नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन् । मोरङ ६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका वार्ड नं–४ का स्थानीय नेताहरूसँगको भेटघाट कार्यक्रममा डा. कोइरालाले प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको बताए । ‘संविधान बचाउने र मुलुकलाई संक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो,’ डा. कोइरालाले भने, ‘हामी त निर्वाचनको मिति कुरेर बसेका छौँ तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशङ्का समेत जन्मिएको छ ।’ सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उनको भनाई थियो । ‘दलका केही नेतालाई काठमाडौँ बाहिर जान दिइएको छैन, लुटिएका हतियार बाहिर छन्, कैदीहरू बाहिर छन् यसबारेमा सरकारले के सोचेको छ,’ डा.  कोइरालाले प्रश्न गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्