“राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस् ” : प्रवक्ता शाही

Machchapuchchre Bank

Artharajniti  ~   राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले ‘राजा’, राजनीतिक दल र जेनजीबीच त्रिपक्षीय सम्झौता आवश्यक रहेको बताएका छन्। राप्रपाले मंसिर २३ गते गर्ने प्रदर्शनका सन्दर्भमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शाहीले नेपालमा संवैधानिक राजसंस्था जरूरी परेको बताए। ‘अब मंसिर २३ गतेको आन्दोलनलाई मध्यनजर गरेर स्पष्टसँग छातीमा हात राखेर प्रदेश संरचना खारेज गर्ने मान्छे, हिन्दु, बुद्ध, किराँत सहितको हिन्दु अधिराज्य मन पराउने मान्छे, यो देशमा , संवैधानिक राजसंस्था चाहिन्छ, साइकल चढ्ने राजाको आवश्यकता छ,’ उनले भने, ‘जापान, बेलायतको जस्तो जस्तो राजसंस्था चाहिन्छ।’ उनले मंसिर २३ को आन्दोलनमा राष्ट्रिय झण्डासहित उपस्थित हुन पनि आग्रह गरेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्