मतदानको लागि ६ लाख नयाँ मतदाता थपिए

Machchapuchchre Bank

Artharajniti  ~  निर्वाचन आयोगले ६ लाख २० हजार नयाँ मतदाता थपिएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सोमबार रातिसम्म अद्यावधिक विवरणअनुसार आयोगका विभिन्न कार्यालय पुगेर ३ लाख ११ हजार ४१५ मतदाताले फोटो खिचाएर मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। त्यस्तै राष्ट्रिय परिचय पत्रको बायोमेट्रिक विवरणमार्फत् ३ लाख ८ हजार ५८५ जना मानिसहरूको मतदाता नामावलीमा नाम सूचीकृत भएको छ।निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकको समय मंसिर ५ गतेसम्मका लागि थप गरेको छ। आगामी फागुन २१ गते प्रतिनिधि सभाको चुनाव हुँदैछ। १८ वर्ष उमेर पूरा भएकाहरूले उक्त मतदानमा भाग लिन पाउनेछन्।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्