सडक डिभिजनले तोड्यो २५ निर्माण कम्पनीसँगको ठेक्का

Machchapuchchre Bank

Artharajniti  ~  काठमाडौं सडक डिभिजनले सम्झौताअनुसार काम नगर्ने २५ निर्माण कम्पनीसँगको ठेक्का तोडेको छ। सोमबार सूचना प्रकाशित गरी सडक डिभिजन काठमाडौंले २५ निर्माण व्यवसायीसँगको सम्झौता रद्द गरेको र उनीहरूलाई १५ दिनभित्र फरफारक गर्न पनि निर्देशन दिएको डिभिजन प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिए।‘निर्माण व्यवसायीहरूद्वारा निर्धारित समयसिमा भित्र निर्माण कार्य सम्पन्न गर्न नसकेको, सो पश्चात समेत निर्माण व्यवसायीहरूलाई लिखित तथा मौखिक रूपमा कार्य सम्पन्न गर्न पटक पटक अनुरोध गर्दा समेत निर्धारित अवधिमा कार्य सम्पन्न हुन नसकेको कारण र कार्य सम्पन्न गर्न सक्ने कार्यतालिका र कार्य सम्पन्न गर्ने प्रतिवद्धता सहित उपस्थित भई कार्य अगाडि बढाउने तर्फ निर्माण व्यवसायीहरूले तदारूकता नदेखाएकाले ठेक्का रद्द गर्नुप¥यो,’ देवकोटाले भने।

सडक डिभिजनले गत कात्तिक ११ गते ठेक्का किन नतोड्ने भन्दै १५ दिने सूचना प्रकाशित गरी स्पस्टीकरण माग गरेको थियो। त्यसमा सम्बन्धित निर्माण व्यवसायीबाट पेस भएको स्पस्टीकरण चित्तबुझ्दो नभएको देवकोटाले बताए।‘त्यसपछि सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (७) समेतको आधार मानी मिति २०८२/०७/३० को निर्णयानुसार ठेक्का सम्झौता अन्त्य गरिएको हो। सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार पोस्ट टर्मिनेसन इभालुएयसन भई स्थापित हुने रकम सरकारी बाँकी सरह असुल उपर हुने कानुनी व्यवस्था भएकोले यो सूचना प्रकाशित गरिएको मितिले १५ दिन भित्र निर्माण व्यवसायीहरूलाई यस कार्यालयमा सम्पर्क राखी वित्तीय फरफारक गर्न समेत अनुरोध गरेका छौं,’ उनले भने। जागृत निर्माण सेवा त्रिवेणी, कन्स्ट्रक्सन कम्पनी प्रालि, सूर्य जीवन कन्स्ट्रक्सन प्रालि, जय दुर्गामाता बिल्डर्स, गौरी पार्वती/देश प्रेम जेभी, उग्रवज निर्माण सेवा, सम्झना निर्माण सेवा, राजधानी कन्स्ट्रक्सन, लोकवीर/ओमनिलकण्ठेश्वर/शान्ती जेभी, बिना कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा,लिशिशिर निर्माण सेवा ओम महासरस्वती कन्स्ट्रक्सन, गोरखा एप्रोप्रियट टेक्नोलोजी फर रि–कन्स्ट्रक्सन प्रालि, के एण्ड जे कन्स्ट्रक्सन प्रालि आदि निर्माण कम्पनीको ठेक्का रद्द भएको छ। त्यस्तै आरबी/रोबी/ स्लेट जेभी, कागेश्वरी निर्माण सेवा, महाकाली भीमसेन निर्माण सेवा, ओमकार बिल्डर्स, पन्थ कन्स्ट्रक्सन प्रालि, बिएसडि कन्स्ट्रक्सन जालपा निर्माण सेवा एण्ड सप्लायर्स, बेबो इन्जिनियरिङ्ग ग्रुप प्रालिको पनि ठेक्का रद्द भएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्