Artharajniti ~ उर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङको उपस्थितिमा भएको छलफलमा मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण रोकिएको विवाद समाधान भएको छ । मंगलबार राति १० बजे सम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, खानेपानी मन्त्रालयका सचिव, मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी र सरोकारवालाहरूको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर सम्पन्न गरी विवाद समाधान गरिएको हो ।
मेलम्ची खानेपानी आयोजनाको समस्या समाधान



