माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), नेकपासहित ८ दलले बुधबार एकता घोषणा गर्दैछन्। काठमाडौंको भृकुटी मण्डपस्थित प्रदर्शनी केन्द्रबाट ८ दलले एकता घोषणा गर्न लागेका हुन्। आज दिउँसो १ बजे एकता घोषणा हुनेछ। उक्त सभालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, चिरन सि, राजु कार्कीसहितका नेताहरूले सम्बोधन गर्नेछन्। माओवादी केन्द्र, एकीकृत समाजवादी सहित ८ राजनीतिक दलले आइतबार १८ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका थिए। उनीहरूले चुनाव चिन्ह पाँच कुने तारा तोकेका छन्। एकीकृत पार्टीको नाम भने निर्णय भइसकेको छैन। सहमति पत्रमा माओवादी केन्द्रका संयोजक प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव चिरन पुन, नेकपा साजवादीका अध्यक्ष राजु कार्की, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन्।पार्टीको सिद्धान्त मार्क्सवाद, लेलिनवाद हुने उल्लेख छ। त्यस्तै आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिने सहमति पत्रमा भनिएको छ।
भृकुटी मण्डपबाट ८ दलले आज एकता घोषणा गर्दै



