राष्ट्र बैंकले सरूवा गर्‍यो ११ कार्यकारी निर्देशक

Machchapuchchre Bank

Artharajniti  ~  राष्ट्र बैंकले ११ जना कार्यकारी निर्देशकको विभागीय जिम्मेवारी हेरफेर गरेको छ।   विदेशी व्यवस्थापन विभाग हेरिरहेका रेवती प्रसाद नेपालले अब सम्पत्ती तथा सेवा व्यवस्थापन विभाग सम्हाल्ने जिम्मेवारी पाएका छन्। त्यस्तै, मुद्रा व्यवस्थापन विभागका रामु पौडेल बैंक तथा वित्तीय संस्था नियमन विभागमा सरूवा भएका छन्।  विश्रुत थापाले वित्तीय संस्था सुपरिवेक्षण विभागमा र दयाराम शर्मा गमर्नरको कार्यालयमा तानिएका छन्। गुरूप्रसाद पौडेल मानव संशाधन व्यवस्थापन विभाग, किरण पण्डित विदेशी विनिमय व्यवस्थापन विभाग, डा. सत्येन्द्र तिमिल्सिना भुक्तानी प्रणाली विभाग, रोशन कुमार सिग्देल बैंकिङ विभाग तानिएका छन्। त्यस्तै, डिल्लीराम पोखरेल मौद्रिक व्यवस्थापन विभाग,अनुज दाहाल मुद्रा व्यवस्थापन विभाग र राजन विक्रम थापा संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा तानिएका हुन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्