Artharajniti ~ प्रधानमन्त्रीको सचिवालयले कसैको दबाब वा प्रभावमा गृहमन्त्री ओम प्रकाश अर्याललाई हटाउने निर्णय नहुने जनाएको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयले हालै विभिन्न सञ्चार माध्यममा आएका “काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहको दबाबमा गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाइँदैछ” भन्ने समाचारहरू असत्य र भ्रमपूर्ण भएको स्पष्ट गरेको हो । विज्ञप्तिमा गृहमन्त्रीको नियुक्ति वा हटाउने अधिकार केवल प्रधानमन्त्रीको अधिकारक्षेत्रभित्र पर्ने उल्लेख गरिएको छ। साथै, गृहमन्त्री अर्यालले आगामी निर्वाचनका तयारी, शान्ति–सुरक्षा कायम गर्न र सुरक्षा निकायको मनोबल उच्च राख्न सक्रिय रूपमा काम गरिरहेको बताउँदै यस्तो संवेदनशील समयमा अफवाह नफैलाउन सबैलाई आग्रह गरिएको छ।
“गृहमन्त्री हटाउने विषयका समाचार असत्य र भ्रमपूर्ण” : प्रधानमन्त्री सचिवालय



