Artharajniti ~ नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहँदा चाँदी बढेको छ । सुनको मूल्य अघिल्लो दिनकै मूल्य तय भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ तय भएको छ । अघिल्लो दिन पनि सोही मूल्य तय भएको थियो । त्यस्तै चाँदीको भाउ प्रतितोला १५ रुपैयाँ बढेको छ । आज चाँदीको भाउ प्रतितोला २ हजार ९८० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार सुनको मूल्य स्थिर, चाँदीको मूल्य बढ्यो



