Artharajniti ~ जेनजी युवाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग्दै प्रदर्शन गरेका छन् । उनीहरु आज बिहान टंगालस्थित अख्तियार मुख्यालय अगाडिको सडकमा प्रदर्शन गरेका हुन् । उनीहरुको प्रदर्शनलाई लक्षित गरी सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो । प्रदर्शनमा सहभागी अमित खनाल ओझाले नैतिकताको आधारमा अख्तियार प्रमुख प्रेम कुमार राईले राजीनामा दिनुपर्ने बताए । जेनजी युवाहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नियुक्त भएका ५२ संवैधानिक पदाधिकारीहरुको नियुक्ति खारेज हुनुपर्ने माग गर्दै आएका छन् ।
अख्तियार प्रमुखको राजीनामा माग्दै जेनजी युवाद्वारा प्रदर्शन
